कर्णालीमा सुरू भयाे सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार अभियान, १५ बुँदे घोषणापत्र जारी

दर्पण दैनिक ३ बैशाख २०८१,०७:०३
post

काठमाडाैं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र नेपाल शिक्षक महासंघको अगुवाईमा कर्णालीमा ‘हाम्रो विद्यालय हामी सुधार्छौं’ अभियान सुरु भएको छ । कर्णाली प्रदेशका विद्यालय व्यवस्थापन समिति र शिक्षक महासंघका पदाधिकारीहरुले शैक्षिक बहस तथा उत्प्रेरणा कार्यक्रम गरेर सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि जुम्लाबाट अभियान सुरु गरेका हुन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष गुणराज मोक्तानले सामुदायिक विद्यालयको खस्कँदो अवस्थालाई सुधार गर्न राष्ट्रव्यापी अभियान सुरु भएकाे बताए । कर्णाली प्रदेशको जुम्लादेखि यो अभियानको सुरुवात भएको उनको भनाई छ ।

सो अवसरमा १५ बुँदे घोषणापत्र जारी गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । घोषणापत्रमा विद्यालयले रणनीतिक योजना र वार्षिक विद्यालय सुधार योजना निर्माण गर्ने,योजनाबिना बजेट र कम बजेटबाट गर्न सकिने कामहरुलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको क्षमता बढाउने,शिक्षकले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिसँग शैक्षिक उपलब्धिमा आधारित कार्य सम्पादन करार सम्झौता गरी कार्यन्वयनमा ल्याउने,प्रत्येक शिक्षकको हातमा ल्यापटप दिएर प्रविधिमैत्री सिकाइको प्रारम्भ गर्ने,सामुदायिक विद्यालय शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुका सन्ततीलाई सामुदायिक विद्यालयमै पठनपाठन गर्ने,राम्रो विद्यालयसंग सहकार्य गरेर शिक्षक,विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको अवलोकन गराउने समेत घोषणा पत्रमा समेटिएको छ ।

शिक्षण सिकाइमा पारिवारिक कार्य,स्थानीय सामाग्री पाठ्यक्रमसंग जोड्ने,विद्यार्थीको व्यक्तिगत प्रोफाइल बनाउने पनि घोषणा पत्रमा उल्लेख छ । कार्यक्रमले हिमाली जिल्लाको शैक्षिक सत्र फागुन १ गतेदेखि सुरु गर्न सरकारसँग माग गर्ने समेत निर्णय गरेको छ । अहिलेको शैक्षिक सत्र हिमाली जिल्लाहरुका लागि अव्यवहारिक भएको निष्कर्ष समेत निकालिएको छ ।

गुणस्तरीय शिक्षाको मानक,शिक्षकको स्व:मुल्यांकनको साधन निर्माण गरेर कार्यन्वयन गर्ने,सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको अनिवार्य बचत गर्ने,यसलाई अभिभावक र व्यवसायिक सामाजिक उत्तरदायित्वको कोषसँग जोड्ने,विद्यालय व्यवस्थापन समिति महासंघलाई स्थानीयतह सम्म लैजाने समेत घोषणापत्रमा छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: