भकान्जेमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह सुरु

दर्पण दैनिक ३ जेष्ठ २०८२,१९:४५
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर ५ खभकान्जेमा आजदेखि विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम चन्द्रज्योति मावि भकान्जेमा सुरु भएको हो । 

पालिकाको चौँलाखर्क  स्वास्थ्य चौकीको आयोजनामा सुरु भएको उक्त कार्यक्रम लिखुपिके पाँच भकान्जे स्वास्थ्य चौकीमा  कार्यरत स्वास्थ्यकर्मीद्वोय कोपिला कुलुङ (राई) र शान्ति बस्नेतले विद्यार्थीहरुलाई प्रशिक्षण गराउने छन ।  

७ दिनसम्म चल्ने विद्यालय तथा पोषण सप्ताहमा पहिलो दिन पोषणसम्बन्धि शिक्षा, दोस्रो दिन बालपोषण र मातृपोषणसम्बन्धि प्रशिक्षण, तेस्रो दिन र चौथो दिन जुकाको औषधि वितरण, पाँचौ दिन सरसफाइ कार्यक्रम, छैटौं दिन अतिरिक्त कार्यक्रम र सातौं दिन समिक्षात्मक कार्यक्रम गरि सप्पन्न गरिने भकान्जे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी कोपिला कुलुङ (राई) ले दर्पण दैनिकलाई जानकारी दिएकी छन ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: