चन्द्रज्योति माविद्वारा नतिजा सार्वजनिक

दर्पण दैनिक २७ असार २०८२,२१:४७
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिकाको वडा नम्बर ५, मा अवस्थित चन्द्रज्योति मावि भकान्जेले नतिजा सार्वजनिक गरेको छ ।  विद्यालयले शैक्षिकसत्र २०८२ सालको प्रथम त्रैमासिक परीक्षाको नतिजा शैक्षिक पात्रो अनुसार शुक्रबार  सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा कक्षा १० सम्म  प्रथम, दित्तीय र तृतीय हुन सफल छात्रछात्राहरुलाई शैक्षिक पुरस्कर प्रदान गरिएको छ । ३.५१ जीपीए प्राप्त गरी विद्यालय प्रथम तथा पालिकास्तरमा दोस्रो हुन सफल ङिमल्हकी शेर्पालाई शैक्षिक पुरस्कर प्रदान गरिएको हाे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका निमित्त प्रधानध्यापक रोशन श्रेष्ठले अन्य शैक्षिक सस्थासँगको प्रतिस्पर्धामात्र नभई आफ्नो जीवनसँग  प्रतिस्पर्धा गर्नको लागि पनि तयार हुनुपर्ने बताए । 

त्यस्तै विद्यालयका प्रधानध्यापक ल्हाक्पा शेर्पाले आफुलाई अप्ठ्यारो लाग्ने विषयमा विशेष ध्यान दिन विद्यार्थीहरुलाई  आग्रह गरेका छन् । प्रधानध्यापक शेर्पाले असफलता नै सफलताको प्रतीक हो भन्ने भनाइलाई आत्मसात गर्दै प्रथम त्रैमासिक परीक्षामा जुनसुकै विषयमा नन ग्रेडेड हुने विद्यार्थीलाई हतोत्साहित नहुन भनेका छन् । 

विगत दुइवर्ष यता एसईई अर्थात् माध्यमिक शिक्षा परीक्षामा शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएकोमा पाँच नम्बर वडाका अध्यक्ष ङिमाछिरी लामाले विद्यालय परिवार, विद्यार्थी र अभिभावक लगायत शिक्षासँग सरोकार राख्ने सबैलाई धन्यवाद दिए । 

कार्यक्रममा वडाको तर्फबाट शैक्षिक गुणस्तर बलियो बनाउन योगदान दिने चन्द्रज्योति माविमा अध्यापनरत शिक्षकहरुलाई खादा तथा प्रशंशापत्रले सम्मान गरेको थियो । 

विद्यालयले शैक्षिकसत्र २०८१ मा चन्द्रज्योती माविबाट सहभागी भैइ ग्रेडेड हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । त्यस्तै, कार्यक्रममा सोही विद्यालयबाट एसईई परीक्षामा ३.५१ जीपीए प्राप्त गरि पालिका स्तरमा दोस्रो हुन सफल ङिमी शेर्पालाई मायाको चिनो वितरण गरेको थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: