महिला विश्वकप : कोलम्बियालाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

दर्पण दैनिक २७ श्रावण २०८०,१९:३४
post

सिड्नी । इंग्ल्यान्डले कोलम्बियामाथि २–१ को जित रच्दै शनिबार महिला विश्वकप २०२३ को अन्तिम चारको यात्रा तय गरेको छ । कोलम्बियाले सुरुआती अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । यस नतिजासँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनको सामना गर्नेछ । अर्को सेमिफाइनलमा इंग्ल्यान्ड आयोजक अस्ट्रेलियासँग भिड्नेछ । स्टेडियम अस्ट्रेलियामा भएको खेलमा कोलम्बियाले ४४ औं मिनेटमा लेसी सान्तोसको उत्कृष्ट गोलको मद्दतले अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा लउरेन हेम्पले इंग्ल्यान्डका लागि बराबरी गोल फकाइन् ।

त्यसपछि एलेसिया रुसोले ६३ औं मिनेटमा युरोपेली च्याम्पियन पनि रहेको इंग्ल्यान्डका लागि निर्णायक गोल पनि गरिन् । यससँगै महिला विश्वकपमा कोलम्बियाको स्वपनिल यात्रामा पूर्णबिराम लागेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: