
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को कट फ्लावर रिटेल उपसमितिको आयोजनामा प्रथम अन्तर कट फ्लावर व्यवसायी फूटसल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरिएको फूटसल प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा दि एभरग्रिन फ्लावर्स सप शौरभ श्रेष्ठको टीम बिजेता बनेको छ । त्यस्तै, गणपति फ्लावर्स सप शिव महर्जनको टीम उप बिजेता बन्यो । विजेता टीमले १७ हजार र उप बिजेता १३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको कट फ्लावर रिटेल उपसमितिका संयोजक राजु तामाङले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट गोलकिपर रोहन नापित बने भने, उप विजेताको तर्फबाट लक्कि फ्लावर्स ग्रीन गार्डन राज खड्काको टीमका विश्व थापा उच्च गोलकर्ता बने । उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई रु १–१ हजार नगदले फ्यानका अध्यक्ष मीन बहादुर तामाङ तथा सचिव हिरा मणी शर्माले सम्मान गरे ।
फूटसल प्रतियोगितामा ७ समुहले प्रपिष्पर्धा गरेका थिए । जसमा स्माईल फ्लावर्स एण्ड गिफ्ट सप नयाँ बजार भिम रसाइलीको टीम, जस्मिन फ्लावर्स सप त्रिपुरेश्वर टल बहादुर तामाङको टीम, दि एभरग्रिन फ्लावर्स सप त्रिपुरेश्वर शौरभ श्रेष्ठको टीम, गणपति फ्लावर्स कालिमाटी शिव महर्जनको टीम, बज्र बाराही फ्लावर्स सप कलंकी सुजल महर्जनको टीम, रोयल ड्याफोडिल्स फ्लावर्स सप कमलादी सुशील केसि को टीम र ग्रीन गार्डन फ्लावर्स एण्ड गिफ्ट गंगालाल राज खड्काको टीमले प्रतिष्पर्धा गरेका थिए ।
























































































































.jpg)

















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google