फिफा वरीयतामा नेपाली महिला टोलीकाे १३ स्थान सुधार

दर्पण दैनिक २३ श्रावण २०८२,१४:४६
post

काठमाडौँ । फिफा वरीयतामा नेपाली महिला टोलीको छलाङ मारेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लेको हो । नेपाल यसअघि १ सय स्थानमा रहेको थियो । 

नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। नेपालले एएफसी छनोटमा लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो ।

दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३-३ को बराबरी गरेको थियो । टाइब्रेकरमा ४-२ ले पराजित हुन पुगेको थियो । 

दक्षिण एसियाको भारत सात स्थान सुधार गर्दै ६३ स्थानमा उक्लेको छ। बंगलादेशले २४ स्थान सुधार गर्दै १ सय ४ स्थानमा उक्लेको छ।पाकिस्तान ३ स्थान सुधार गर्दै १ सय ५४ र श्रीलंका दुई स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ । 

भुटान ८ स्थान सुधार गर्दै १ सय ६३ स्थानमा उक्लेको छ। फिफा वरीयताको शीर्ष स्थानमा स्पेन छ । एक स्थान तल झरेको अमेरिका दोस्रो र तीन स्थान सुधार गरेको स्वीडेन तेस्रो स्थानमा उक्लेको छ । एक स्थान सुधार गरेको इङल्यान्ड चौथो स्थानमा छ ।

दुई स्थान तल झर्दै जर्मनी पाचौँ स्थानमा झरेको छ । चार स्थान सुधार गरेको फ्रान्स छैटौँ र तीन स्थान झरेको ब्राजिल सातौँ स्थानमा छ । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: