एसियन गेम्स : फुटबलमा चीनसँग ५–१ ले पराजित भयाे भारत (भिडियाे)

दर्पण दैनिक ३ आश्विन २०८०,०८:००
post

काठमाडाैं । एसियाली खेलकुदको औपचारिक सुरुवात सेप्टेम्बर २३ मा चीनको हाङ्जाओमा हुँदैछ । यसअघि केही खेलकुद प्रतियोगिताहरु सुरु भइसकेका छन् । मंगलबार राति भारतको पुरुष फुटबल टोलीले समूह ‘ए’ मा चीनसँग प्रतिस्पर्धा गरेको थियो । भारतको सुरुवात खराब रह्यो र चीनसँग ५–१ ले पराजित भयो ।

भारतले अब अर्को चरणमा पुग्न बंगलादेश र म्यानमारलाई जित्नुपर्नेछ । सन् २०१० पछि एसियाली खेलकुदमा पहिलो गोल गरेको छ ।  यो गोल राहुल केपीले पहिलो हाफको इन्जुरी समयमा गरेका थिए ।

समूह ‘ए’ मा भारत र चीनबाहेक बंगलादेश र म्यानमारका टोली छन् । फिफा वरियतामा चीन ८०औँ र भारत ९९औँ स्थानमा छ । म्यानमार १६०औँ र बंगलादेश १८९औँ स्थानमा छ ।

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: