नेपाली क्रिकेट टिमका स्पिनर ललित राजवंशी घाइते, एसियाड नखेल्ने !

दर्पण दैनिक ४ आश्विन २०८०,११:२७
post

काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर ललित राजवंशी घाइते भएका छन् । १९औं एसियन गेम्सअघि बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा ललित घाइते भएका हुन् । ललितको क्लोज राइट क्लाभिकल फ्राक्चर डाइगनोस (ब्यूटिबोन) भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएकाे छ ।

क्यानका अनुसार ललितको बुधबार नै बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिँदैछ । शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहनेछन् ।  दायाँ हातको ब्युटीबोनमा चोट लागेपछि उनलाई बुधबार नेशनल अस्पताल कलंकी लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनको बिहीबार बिहान बीएन्डबी अस्पताल ग्वार्कोमा शल्यक्रिया हुँदैछ । 

घाइते भएसँगै ललितले १९औँ एसियाड गुमाउनेछन् । एसियाडमा पुरुष क्रिकेटका खेलहरु २७ सेप्टेम्बरदेखि ८ अक्टोबर सम्म हुँदैछ ।  समूह 'ए' मा रहेको नेपालले १० गते बुधबार मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्दैछ । समूहका शीर्ष टोलीले अन्तिम आठमा स्थान बनाउनेछन् । क्वार्टरफाइनमा भारत, पाकिस्तान, श्रीलंका, बंगालदेशले सिधै स्थान बनाइसकेका छन्।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: