यू–१९ विश्वकप : नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

दर्पण दैनिक १७ माघ २०८०,०९:२२
post

काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अफगानिस्तानलाई परास्त गर्दै सुपर सिक्समा प्रवेश गरेको नेपालले आज बंगलादेशसँग खेल्ने भएको हो ।

समूह चरणको प्रस्तुतिका आधारमा नेपाल सुपर सिक्सको समूह १ को पाँचौं स्थानमा छ । बङ्गलादेश समूह चरणमा ३ खेलमा २ जित र एक हारका साथ समूह ‘ए’बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो भने न्यूजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोरेको नेपालले अफगानिस्तानलाई मात्र हराएको थियो ।

मंगलबार सम्पन्न सुपर सिक्सको पहिलो खेल भारत र पाकिस्तानले जितिसकेकाले नेपाल सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना समाप्त भएको छ । तथापि, नेपाल आजको खेलमा बंगलादेशलाई परास्त गरेर आफ्नो अवस्था सुदृढ पार्न चाहन्छ ।

प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार भारतसँग खेल्नेछ । सुपर सिक्समा ६ देश प्रवेश गरेका छन् । यी देशले दुई–दुई खेल खेलेपछि शीर्ष स्थानका दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: