सोलुखुम्बु अण्डर सिक्स्टिन फुटसल प्रतियोगिता सुरु

दर्पण दैनिक २१ कार्तिक २०८०,१९:५६
post

सोलुखुम्बु । सोलुखुम्बु अण्डर सिक्स्टिन फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ । सल्लेरी बाल समुहद्वारा आयोजना गरिएको सो प्रतियोगिता २३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका १२ टिमले सहभागिता जनाएका छन् । 

आज भएको पहिलो खेलमा टाकसिन्दुलाई शुन्यका विरुद्ध २ गोल गर्दै नेचा सल्यानले जितेको छ । त्यस्तै दोस्रो खेलमा सोलुखुम्बु बाल समुहलाई सोलुदुधकुण्ड युथक्लबले शुन्यका विरुद्ध पाँच गोलले जितेको छ । सोलुदुधकुण्द नगरपालिकाकी प्रमुख गान्धिमाया तामाङले खेलको माध्यबाट एकजुट हुन सक्ने बताइन् । 

त्यस्तै उन्ले खेल तीनदिनसम्म चल्ने भएकोले नजिकबाट नियाल्ने बताइन् । खेलको उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताहरूले शुभकामना व्यक्त गर्दै अनुशासित ढंगबाट खेल्न आग्रह गरे ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: