एसीसी मेन्स प्रिमियर कप : पहिलो खेलमा नेपालसँग मलेसिया पाँच विकेटले पराजित

दर्पण दैनिक ३० चैत्र २०८०,२०:२०
post

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत मलेसियालाई पाँच विकेटले हराउदै नेपालले जित हात पारेको छ । ओमानमा भइरहेको खेलमा नेपालको यो पहिलो खेल हो । एसिया कप टी–२० को प्रवेशद्वारका रुपमा रहेको यो प्रिमियर कपमा नेपाल र मलेसिया समूह ‘ए’ मा छन् । यो समूहमा हङकङ कतार र साउदी अरेबिया पनि छन् ।

आजको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । जसमा नेपाली फिल्डरले साथ दिँदा उसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । जसमा कप्तान विरानदीप सिंहको ७२ रन र शर्भिन मुनियन्दीले ३३ बलमा ४२ रनको योगदान दिएका दिए ।


बलिङमा दीपेन्द्रसिँह ऐरीले २ र अविनाश बोहराले एक विकेट लिएका थि ए। जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई मलेसियाली बलरले चर्को दबाबमा राखेका थिए । जसका बाबजुत नेपालले सानो स्कोरमा जित निकाल्न २० ओभरसम्मै पुग्नुपर्‍यो ।

२० औं ओभरको दोस्रो बलमा पाँच विकेटको क्षतिमा नेपालले लक्ष्य भेट्टायो । नेपालको जितमा आशिफ शेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २० र गुल्शन झाले १९ रनको योगदान दिए । बलिङमा मलेसियाका कप्तान विरानदीपले तीन विकेट लिए ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: