महिला विश्वकपको तेस्रो स्थानका लागि स्वीडेन विजयी, अस्ट्रेलिया गोलविहीन्

दर्पण दैनिक २ भाद्र २०८०,१६:१०
post

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा तेस्रो स्थानका लागि आज भएको खेलमा अस्ट्रेलियालाई हराउदै स्वीडेन विजयी भएको छ । स्वीडेनसँग अस्ट्रेलिया २–० गोलले पराजित भएको हो । 

खेल अष्ट्रेलियाको ब्रिसबन स्टेडियममा भएको थयिो । सह–आयोजक अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो, भने स्पेनले स्विडेनलाई पराजित गरेको थियो । 

महिला विश्व कपको उपाधिका लागि भोलि इंग्ल्याण्ड र स्पेन खेल्नेछन् । गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै भोलि समापन हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: