एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

दर्पण दैनिक १८ भाद्र २०८०,२०:०३
post

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिउकाे छ । सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो । १० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो । 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।

२५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे । पावर प्ले मा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो । ९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए । 

गुलसन झाले २३ रन थपे । ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए । सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे । 

२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने । आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे । सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए ।

५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए । 

सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसीसँग तालमेल नमिल्दा सन्दीप रनआउट हुन पुगेका थिए । तेस्रो क्रममा आएका भीम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए । रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए ।करण केसी २ रनमा नटआउट रहे । ललित रावंशी शून्यमै बोल्ड भए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: