यू-१९ एशिया कप : पाकिस्तानसँग भारत ८ विकेटले पराजित

दर्पण दैनिक २४ मंसिर २०८०,२०:०३
post

काठमाडौं । एसीसी यू-१९ एशिया कप अन्तर्गत पाकिस्तानले भारतलाई पराजित गरेको छ । समुह ए अन्तर्गतको आइतबार सम्पन्न खेलमा पाकिस्तानले भारतलाई  ८ विकेटले पराजित गरेको हो । भारतले दिएको २६० रनको लक्ष्य पछाएको पाकिस्तानले ४७ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।


यस अघि पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो । यो पाकिस्तानको लगातार दोस्रो जित हो । पाकिस्तानले यसअघि नेपाललाई हराएको थियो । योसँगै समुह ए बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने अन्तिम खेलबाट लाग्ने भएको छ । पाकिस्तानले २ खेल जितेर ४ अंक हासिल गर्दै समुहमा शिर्ष स्थानमा छ भने भारत र अफगानिस्तानले एक एक खेल जितेर २-२ अंकसहित समुहमा दोस्रो र तेस्रो स्थानमा छन् ।


त्यस्तै नेपालले भने आफ्ना दुवै खेलमा हार बेहोरेर सेमिफाइनलको दौडबाट बाहिरिएको छ । अब मंगलबार नेपाल र भारत तथा पाकिस्तान र अफगानिस्तान खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: