यू–१९ एसिया कप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

दर्पण दैनिक २६ मंसिर २०८०,०८:०८
post

काठमाडौं । दुबईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज मंगलवार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नै पर्ने दवाव रहेको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे प्रारम्भ हुनेछ ।

एक खेलमा हार र एकमा जीत निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नै पर्ने दवावमा छ । आजै समूह ‘ए’ को अर्को खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्दैछ । नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुई–दुई खेल खेलिसकेका छन् । पाकिस्तानले दुवै खेलमा जी निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई–दुई अंक जोडेका छन् । नेपाल भने अंकबिहीन छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: