विश्व फुटबलमा ९०० गोल पूरा गर्ने पहिलो खेलाडी बने रोनाल्डो

दर्पण दैनिक २१ भाद्र २०८१,१३:१८
post

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा ९०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । नेशनल लिग फुटबलमा विजयी सुरुवात गर्ने क्रममा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दा रोनाल्डोले टिमका लागि निर्णायक गोल गरेका थिए ।

३९ वर्षीय रोनाल्डोले सिक्सयार्ड बक्सबाट ३४ औं मिनेटमा नुनो मेन्डेसको क्रसलाई सदुपयोग गर्दै टिमको दोस्रो गोल गरे । त्यसअघि म्यानचेस्टर युनाइटेडका ‘फुल ब्याक’ डियोगो डलोटले टिमका लागि पहिलो गोल गरेका थिए । उनले ७ औं मिनेटमै गोल गर्दे टिमलाई अग्रता दिलाए ।

रोनाल्डोले अग्रता दोब्बर बनाउँदा पहिलो हाफमै आत्माघाती गोलमार्फत क्रोएसियाले खेलमा फर्किने प्रयास गरेको थियो । डलोटलेनै ४१ औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा पहिलो हाफमा खेल २–१ को अवस्थामा पुग्यो । तर रोनाल्डोको गोलनै टिमका लागि निर्णायक सावित भयो । दोस्रो हाफमा दुवै तर्फबाटबा थप गोल हुन सकेनन् ।

रोनाल्डोले आफ्नो उच्च करिअरमा स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र अहिले साउदी अरेबियन क्लब अल–नासर बाट ब्यबसायिक फुटबल खेलिरहेका छन् । रोनाल्डोको यो पोर्चुगलका लागि भने १३१ गोल हो । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता समेत हुन्। जितसँगै ‘ए’ को समूह एक मा पोर्चुगलले पोल्यान्ड समान अंक बनाएको छ । पोल्यान्डले पनि आफनो समूहमा स्कटल्यान्डलाई हराएको थियो । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: