अब हामी सबैको सोच र विचार केबल नेपाल क्रिकेटको विकाशमा हुनेछ : पारस खड्का

दर्पण दैनिक २० आश्विन २०८०,११:१६
post

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)का नव निर्वाचित सचिव पारस खड्काले अब सबैको सोच र विचार केबल नेपाली क्रिकेटको विकासमा हुने बताएका छन् ।

सचिव निर्वाचित भएको दुई सातापछि मतदातालाई धन्यवाद दिँदै उनले नेपाली क्रिकेटको विकास तथा विस्तारका निमित्त काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

नेपाली क्रिकेट टिममा पूर्व कप्तानसमेत रहेका उनले नीतिगत तहबाट प्रयास गर्दै नवनिर्वाचित कार्यसमितिको विश्वास लिएर अघि बढ्ने जनाएका छन् ।

'नेपाली क्रिकेटले बोकेको सम्भावना, यसको विकास तथा विस्तारका निमित्त नीतिगत तहबाट प्रयास गरी, नवनिर्वाचित कार्यसमितिको विश्वास लिई अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्दछु,' उनले फेसबुकमा लेखेका छन्, 'अब हामी सबैको सोच र विचार केबल नेपाल क्रिकेटको विकाश हुनेछ भन्ने विश्वास गरेको छु ।'

निर्वाचित सबै पदाधिकारी र कार्यसमिति सदस्यलाई बधाई दिँदै मतदातालाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।

उनी असोज पहिलो साता क्यानको सचिव निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: