अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अध्यक्ष बार्क नेपालमा, दिए यस्ताे प्रतिक्रिया

दर्पण दैनिक ५ चैत्र २०८०,२०:२५
post

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताएका छन् ।  सोमबार भारतको नयाँ दिल्लीबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारसँगको कुराकानीका क्रममा नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने भ्रमणको उद्देश्य रहेको बताए । तीन दिने भ्रमणका क्रममा उनले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्ने जानकारी दिए । उनले कीर्तिपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन् ।  

नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा राखे । नेपालमा क्रिकेट लोकप्रिय रहेको र अझैं क्रिकेटकै साथमा रहन उनले समर्थकलाई आग्रह गरे । यससँगै प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ । लामो समय न्युजिल्याण्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष बनेका थिए । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: