एनपीएलको खर्च विवरण सार्वजनिक, प्रतियोगिता कुल खर्च २० करोड १५ लाख

दर्पण दैनिक १७ श्रावण २०८२,०६:५२
post

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले गत वर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको सात महिनासम्म पनि खर्च विवरण सार्वजनिक नगरेको भन्दै चर्को आलोचना खेपेको क्यानले बिहीबार कार्यसमिति बैठकमा विवरण सार्वजनिक गरेको हो । 

क्यानका अनुसार, प्रतियोगिताको ‘टोटन ग्रस रेभेन्यु’ २७ करोड ६९ लाख ६४ हजार १ रुपैयाँ रहेको छ । यसमध्ये प्रतियोगिता आयोजनाका निम्ति कुल २० करोड १५ लाख ७३ हजार ५९९ रुपैयाँ खर्च भएको छ । 

यसैगरी आठ क्लबसँग राजस्व बाँडफाँट गर्नुअघिको आम्दानी ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको छ । यसमध्ये आठ फ्रेन्चाइज क्लबलाई ५० प्रतिशत समान रूपमा वितरण गरेपछि क्यानले तीन करोड १६ लाख ५० हजार ७८९ रुपैयाँ आम्दानी भएको जनाएको छ । 

क्यानले चार करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठ क्लबलाई बाढिएको जनाएको छ । यसैगरी क्यानले तीन करोड १६ लाखमध्ये प्रदेशहरूलाई ७० लाख रुपैयाँ राजस्व बाँडिएकोछ । 

यी सबैपछि प्रतियोगिताबाट क्यानको कुल आम्दानी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ गरेको जनाएको छ । प्रतियोगिताको पहिलो संस्करण गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । प्रतियोगिताको दोस्रो संस्करणका निम्ति क्यानले नोभेम्बरको समय तोकेको छ । तर, हालसम्म निश्चित मिति भने सार्वजनिक भइसकेको छैन ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: