राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए  क्रिकेटबाट सन्न्यास

दर्पण दैनिक १९ श्रावण २०८०,१६:०९
post

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्न्यास घोषणा गरेका छन् । क्रिकेटर मल्लले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सन्न्यास घोषणा गरेका हुन् ।  उनले अब घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गरेका छन् । उनले खेल जीवनबाट सन्यास लिँदै नयाँ यात्रा सुरुवात गरेको बताए । 

मल्लको सन् २००५ देखि  यू– १५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए । गत जुन २०२३ मा जिम्बाबेको हरारे मैदानमा भएको आइसिसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध उनको अन्तिम खेल बन्यो ।  मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी- २० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: