फेरि क्रिकेट संघकाे अध्यक्षमा उठ्ने चतुरबहादुर चन्दको घोषणा

दर्पण दैनिक ३२ श्रावण २०८०,२०:०५
post

धनगढी । नेपाल क्रिकेट संघका (क्यान)का अध्यक्ष चदुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । नेपाल क्रिकेट संघ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएकोले एकपटक पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको उनले बताए । आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता उनले व्यक्त गरे

क्रिकेट संघ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफू प्रत्यक्ष सहभागी भै काम गरेको दाबी गर्दै उनले आफूलाई फेरि अध्यक्षमा जिताउनेमा ढुक्क रहेको बताएका छन् ।  सुदूरपश्चिमका कैलालीसहितका ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोमा उनले खुसी व्यक्त गरे । जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनले विक्रम विष्टको नेतृत्वमा सर्वसम्मत कार्यसमिति पनि चयन गरेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: