आजदेखि सुरु हुँदै क्यानको साधारणसभा, नयाँ नेतृत्व चयन हुने

दर्पण दैनिक ५ आश्विन २०८०,११:०८
post

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो १२ बजे साधारणसभा तथा अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले काठमाडौंमा उद्घाटन गर्नेछन् ।  

यो साधारणसभामा वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ती, संघको विधान र विविध विषयका एजेन्डामाथि छलफल र निर्णय हुनेछ ।

साधारणसभापछि अधिवेशन सुरु हुनेछ। अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ। वर्तमान अध्यक्ष चतुरबहादुर चन्दबाहेक अहिलेसम्म अध्यक्षको लागि अरु कसैले दाबी गरेका छैनन् । अध्यक्षकै लागि अहिलेका कोषाध्यक्ष रोशन सिंहको चर्चा चलेपनि अहिलेसम्म सिंहले उम्मेदवारीको घोषणा गरेका छैनन् ।

बागमती प्रदेशको अध्यक्ष विजयी भएका नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्काले अध्यक्षमा उम्मेद्वारी दिने चर्चा चलेपनि अहिलेसम्म निर्णय गर्न सकेका छैनन् । पारसले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको जानइएको छ । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: