मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज बिहीबार हेटौंडामा हुँदैछ । हेटौंडाको रोयल पार्टी प्यालेसमा बिहान ८ बजेबाट सुरु हुने विशेष साधारण सभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने बताइएको छ ।
एन्फा केन्द्रीय समिति सदस्य एवं एन्फा मकवानपुर जिल्ला अध्यक्ष टीकाराम लामाका अनुसार साधारण सभा अघि आजै एन्फाको केन्द्रीय समितिको बैठक बस्नेछ । साधारण सभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिलगायत देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिको सहभागिता रहने एन्फाले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google