एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्‍ने

दर्पण दैनिक १६ बैशाख २०८०,१८:३३
post

काठमाडाैं । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् । शनिबार भएका दुई सेमिफाइनल खेलमा नेपाल र यूएई विजेता बन्दै उपाधि नजिक पुगेका हुन् । कीर्तिपुर मैदानमा खेल वर्षाले प्रभावित हुँदा नेपाल समूह चरणमा गरेको प्रदर्शनका आधारमा विजेता घोषित हुँदै फाइनल पुग्यो । यद्यपि वर्षाले खेल रोकिँदा नेपाल जित नजिक पुगिसकेको थियो । फाइनल खेल सोमबार कीर्तिपुर मैदानमा हुनेछ । सोमबार वर्षाले खेल हुन नसके मंगलबार खेल हुनेछ । फाइनलका लागि रिजर्भ डे राखिएको छ । 

पहिलोपटक वर्षाले  खेल रोकिँदा ४२–४२ ओभरमा छोट्याइएको थियो । कीर्तिपुर मैदानमा नेपालले निर्धारित ओभर ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । कुवेतले जवाफी ब्याटिङ गर्दा फेरि वर्षाले खेल रोकियो । त्यतिबेला कुवेतले ८ ओभर ३ बलमा ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । वर्षाका कारण फेरि खेल हुन नसकेपछि नेपाललाई समूह चरणको प्रदर्शनका आधारमा विजेता घोषणा गरिएको हो । नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । 

उता मूलपानी मैदानमा डीएल मेथडअनुसार २ रनले जित निकाल्दै यूएई फाइनलमा पुगेको हो । पहिला ब्याटिङ गरेको यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको थियो । तर ओमानले जवाफी ब्याटिङ गर्दा वर्षाले खेल रोकियो । त्यतिबेला ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । फेरि खेल हुन नसकेपछि नतिजा डीएल मेथडबाट निकालिएको थियो । जसमा यूएई २ रनले अगाडि रह्यो । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: