केपी ओली कपकाे सेमिफाइनल समीकरण पूरा, फाइनल खेल शुक्रवार हुने

दर्पण दैनिक १३ मंसिर २०८०,०७:००
post

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा मङ्गलवारको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागेको हो । 

आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेर अन्तिम चारको यात्रा पक्का गरेको हो । खेलमा टस जितेर सुरुआती ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रन बनायो । 

यसैगरी मङ्गलवारको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गरेको थियो । सुदूरले पुलिसलाई अन्तिम खेलमा पराजित गरे पनि सेमिफाइनल पुग्न भने सकेन । नेट रनरेटको आधारमा मधेस प्रदेश सेमिफाइनल पुग्ने भाग्यमानी टोली बन्यो । आर्मी समूह ‘डि’ मा चार अङ्क बटुल्दै शीर्ष स्थानमा रहन सफल भयो । 

यसैगरी समूह ‘ए’ मा चार अङ्क बटुलेको बागमती प्रदेश, समूह ‘बि’ मा दुई अङ्कका साथ एपिएफ क्लब र समूह ‘सी’ मा दुई अङ्कका साथ मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका गरेका हुन् । 

सेमिफाइनलको पहिलो खेल बिहीबार आर्मी र बागमती प्रदेश तथा तथा दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशका बीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए । 

प्रतियोगिताको फाइनल खेल शुक्रवार हुनेछ । यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: