काठमाडौं । एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो खेलमा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले उच्चस्तरको प्रतियोगिता खेल्ने नेपालको यात्रा सुरु भएको बताएका छन् । उनले नेपालले राम्रो सुरुवात गरे पनि पाकिस्तानका विश्वस्तरीय खेलाडीका कारण पराजित हुनु परेको बताए ।
‘हाम्रा ब्याटरले विश्वस्तरीय बलरको सामना गरेका थिए। मेरो विचारमा हामीले पाकिस्तानसँगको खेलबाट सिक्नका साथासाथै के के राम्रो गर्यौं भनेर पनि हेर्न पर्छ,’ उनले भने, ‘हाम्रा बलरले खेलका लागि तयारी गरेका थि ए। हाम्रो राम्रो सुरुवात भएको थियो। हामीले टस हारेर पहिले बलिङ गर्यौं । बाबर र इफ्तिखरको साझेदारीले हामीलाई अप्ठेरो पार्यो। हुन पनि बाबर विश्वस्तरीय खेलाडी हुन् ।’
उनले नेपालले फिल्डिङमा भने खराब प्रदर्शन गरेको स्विकार गरे। समग्रमा नेपालको विश्वस्तरीय टिमसँग खेल्ने सपना पूरा भएको पनि उनले बताए ।
‘यो स्तरमा खेल्ने नेपाली खेलाडीको सपना थियो। आज खेल्न सुरु भएको छ। यो सुरुवात हो । हामी सिक्दै अघि बढ्छौं। के के सुधार गर्न पर्छ हेर्दै जान्छौं,’ उनले भने । अब भारतसँगको खेलमा केन्द्रीत हुने उनको भनाइ छ ।
























































































































.jpg)
















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google