विश्वकप छनोट : नेपाल र लाओसबीचको खेल बराबरीमा

दर्पण दैनिक २५ आश्विन २०८०,१९:३३
post

काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा दुवै टिमले १-१ गोल गरेका हुन् । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए । तर ४९ ‌औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल फर्काए ।  एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेर नेपाललाई हारबाट जोगाए ।

नेपाल र लाओसबीचको दोस्रो लेग १७ अक्टोबरमा लाओसमा हुनेछ । यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: