एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी

दर्पण दैनिक २२ श्रावण २०८२,१७:१९
post

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ । एनपिएलले मंगलवार अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो । अक्सनका लागि ४५८ जनाले आफ्नो नाम दर्ता गराएका थिए ।

एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । १५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् ।


श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १०७ खेलाडी छन् । १५० जना खेलाडीले अन्तिम सूचीमा आफूूलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । ‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुनम गौतम छन् ।

कुन श्रेणीमा कति खेलाडी आवश्यक ?
श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७

न्युनतम र अधिकतम मूूल्य
श्रेणी ‘ए’ न्यूनतम् १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्यूनतम् ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: