एपिएफको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र

दर्पण दैनिक २७ पुष २०८०,१४:२०
post

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एपिएफले शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अघि मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हाे। यसअघि एपिएफको मुख्य प्रशिक्षकमा राजेश श्रेष्ठ थिए ।

मल्लले अघिल्लो महिना मात्रै सिंगापुरमा आइसिसी लेभल २ कोचिङ कोर्स गरेका थिए । उनीसँग काठमाडौं क्रिकेट टेनिङ सेन्टर तथा क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षण दिएको अनुभव छ ।  सन् २०११ देखि २०२० सम्म एपिएफबाट व्यवसायिक क्रिकेट खेलेका मल्लले कप्तानी समेत गरे ।

मल्लले ५ महिना अघि सन्यास लिएका लिएका थिए । पारस खड्काले कप्तानी छाडेपछि मल्लले सन् २०१९ देखि २०२१ सम्म नेपाली टोलीको नेतृत्व गरेका थिए । यसैगरी एपिएफले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई पनि अनुबन्ध गरेकाे छ । रोहित अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेर एपिएफ पुगेका हुन् ।

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: