काठमाडाैँ । गायिका एलिना चौहानकाे नयाँ तीज गीत सार्वजनिक भएकाे छ । चौहानले मर्मस्पर्शी तीज गीत 'छोरीको शिर आमा' सार्वजनिक गरेकी हुन् । एलिनाको आफ्नै युट्युबमा सार्वजनिक गरिएकाे उक्त गीतमा उनको एकल स्वर रहेको छ ।श्रीमानबाट यातना भोगेकी महिलाको पीडा र वेदना बाेल्ने याे गीतकाे भिडियाे पनि मर्मस्पर्शी बनाइएकाे छ ।
'छोरीको शिर आमा' को शब्द तथा संगीत प्रेम सापकोटा सोनुको हो । संगीत संयोजनको काम हेमन्त शिशिरले गरेका छन् । भिडियाेमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ। यसमा दुर्गा पौडेल र टिमको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ ।
भिडियाे - https://youtu.be/vPUyiM2IX_8?si=Ese2R3q6OjRqCrhX
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google