काठमाडौँ । कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को गीत सार्वजनिक भएको छ ।
‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत छ । रचना रिमाल र सविन सुवेदीको स्वर छ । भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यो चलचित्रबाट निर्देशक ऋषि लामिछाने आठ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् ।
चलचित्रको निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको अभिनय छ । आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google