काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आउने भएकी छन् । उनी जेठ ३ मा बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आउन लागेकी हुन् ।
वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ हुनेछ । कार्यक्रमको इभेन्ट व्यवस्थापन मनु मिडिया प्रालिले हेर्नेछ ।
नेपालमा आयोजना हुँदै आएका इन्टरनेशनल आर्टिस्टहरुको शोबीच ‘नोरा फतेही लाइभ इन नेपाल’ अझ उत्कृष्ट हुने दाबी इभेन्ट म्यानेजर मनिष कार्कीको छ । कार्यक्रमका लागि मुम्बईबाट नोरासहित २० बढी कोसर डान्सरहरु प्रस्तुतिका लागि नेपाल आउनेछन् ।
फिल्म निर्माण र सामाजिक काममा लाग्दै आएको आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार ‘नोरा फतेही लाइभ इन नेपाल’मा चर्चित नेपाली कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।
कार्यक्रममा टिकटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ । आइतबारदेखि खल्ती एपमार्फत टिकट काट्न सकिनेछ । कार्यक्रममा इन्टरनेशनल कोर्डिनेटरका रुपमा युद्व बानियाँ र डिजिटल मार्केटिङ मनिष बखतीले हेरिरहेका छन् ।
नोराको बलिउडमा ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरु सुपर हिट छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google