नेपाली गीत संगितमा विशिष्ट पहिचान बनाएकी वरिष्ठ लोकगायिका इन्दिराको निधन

दर्पण दैनिक १८ भाद्र २०८२,०९:०५
post

काठमाडौं । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले जानकारी दिए ।

इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् । कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीतसंगीतलाई विश्वभर फैलाउन भूमिका खेलिन् । रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण भएपछि उनले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाइन् ।

नेपाली लोक, आधुनिक, र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी थिइन्। उनको जन्म सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा भएको थियो। उनले तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत गीत सदाबहार छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: