काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । ‘ब्रेक अप’बोलको गीतमा शब्द, संगीत र स्वर बाबुल गिरीको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलालगायत फिचर्ड छन् ।
आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा छन् ।
अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । हरि हुँमागाईको डीओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपीन मल्लको सम्पादन छ ।
भिडियाे : https://youtu.be/PJmlPtTcOXA?si=Fj0S_88YlKL1WD58
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google