काठमाडौँ । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र अन्य धेरै जनाको मृत्यु भएको पुष्टि भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।
राष्ट्रपति रायसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो ।
समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google