
काठमाडाैं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस हुनेमा डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ छन् । उनीहरू शुक्रबार आईजीपी बढुवा भएका बसन्तबहादुर कुँवरकै ब्याची हुन् । उनीहरूलाई गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो ।
प्रहरीका ८ एआईजीमध्ये चार एआईजी पद रिक्त थियो । रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । आईजीपी धीरजप्रताप सिंहसँगै तीन एआईजीले अवकाश पाएपछि सो पद रिक्त भएको थियो ।
मिरा चौधरी एआईजी बढुवा सिफारिस भएसँगै प्रहरीमा दुई महिला एआईजी भएका छन् । यसअघि किरण बज्राचार्य एआईजीमा बढुवा भएकी थिइन् ।

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google