अनेरास्ववियुको कुन पदमा को निर्वाचित ? (मतसहित)

दर्पण दैनिक ९ फाल्गुन २०७९,०९:२५
post

काठमाडौं ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि २३औं राष्ट्रिय महाधिवेशनबाट बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् ।

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छनु । यद्धपी, यसको औपचारिक घोषणा भएको छैन ।
अनेरास्ववियुको १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका थिए ।

७ वर्षपछि भएको निर्वाचनमानिर्वाचनमा १५१७ मत खसेको थियो । अखिलको नयाँ नेतृत्वमा १७ पदाधिकारीसहित केन्द्रीय कमिटीका १९९ सदस्यीय निर्वाचित भएका छन् । 

यी हुन् निर्वाचित भएका पदाधिकारीहरु https://drive.google.com/file/d/1Zq_AzMjXDnEEkUHLjyV4xHgbRAOMhkrH/view

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: