काठमाडाैं । सत्ता साझेदार नेकपा एमालेले पार्टी संगठन विस्तारका लागि मिसन ग्रासरुट अभियान सुरु गरेको छ । २६ माघमा बसेको एमाले सचिवालय बैठकले फागुन र चैतको २ महिना संगठन विस्तार तथा स्थानीय जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधारका लागि अभियान चलाउने निर्णय गरेको थियो । एमालेले केन्द्रीय सदस्यहरूलाई नै पालिकाको जिम्मा दिएर अभियानमा पठाएको छ ।
२ फागुनमा स्थायी कमिटीका सदस्यहरू अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिए । यो अभियानमा पालिकास्तरमा खटिएका नेताहरूले संगठनदेखि जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधारका लागि सुझाव संकलन गर्नेछन् ।
साथै, पार्टी सदस्यको सदस्यता नवीकरण, प्रशिक्षणलायतका काम पनि गर्नेछन् । पार्टी एकातिर जनप्रतिनिधि अर्कोतिर भएको भन्दै आलोचना भएपछि पार्टी र स्थानीय सरकारलाई जोड्न खोजेको एमालेले बताएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google